एमाले केन्द्रीय समिति बैठक सकियो, यस्ता छन निर्णय

काठमाडौं, असोज ८ । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्र र सात प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी चुनाबमा जाने निर्णय गदै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिएपछि पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो । बैठकले १४ बुँदे निर्णय गरेको छ ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड पनि तय गरेको छ । उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!