प्रचण्डको जुम्ला यात्रा (फोटो फिचर)

जुम्ला, असोज ८ । कार्यकर्ता प्रशिक्षण, जनसभा, शुभेच्छुक र जनतासँग अन्तरक्रियालगायतका कार्यक्रम बोकी देश दौडाहामा लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार जुम्ला पुगेका छन् ।

त्यहाँ माओवादी केन्द्रप्रति उर्लदाे जनमहासारलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले नै कर्णाली प्रदेश बनेको खुलासा गरे ।

जुम्ला सिजाको नाराकोटमा भएको जनसभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरे ।

कर्णालीको विकास माओवादीको प्राथमिकतामा भएको भन्दै प्रचण्डले भने, ‘कर्णाली विकासका निम्ति लागिपरेको बताए ।

सोही कार्यक्रममार्फत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु गरी ७५० जनाले माओवादी केन्द्रमा प्रदेश गरेका छन् । जुल्लाका लोकप्रिय नेता पूर्णप्रसाद धितालको नेतृत्वमा उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

नव आगन्तुक नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले अविर लगाएर स्वागत गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!