गृहमन्त्री शर्माले भने,‘राष्ट्र प्रमुख र पूर्व सांसदहरुलाई एउटै एउटै विधेयक ल्याउनु हुँदैन’

काठमाडौं, असोज ८ । सरकारले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने तयारी गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले राष्ट्र प्रमुख जस्तो गरिमामय पदका लागि ल्याइएको विधेयकमा सांसदहरुलाई राख्ने कुुरा व्यवहारिक हुने बताएका हुन् । उनले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा उहाँले ‘पूर्र्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्व सांसदहरुको सुविधाको व्यवस्था गर्न व्यवहारिक रुपमा नमिल्ने स्पष्ट पारे ।

राज्य व्यवस्था समिति अन्तगर्तको उपसमितिले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीकै मर्यादाक्रममा समेटन सुझाव दिएको छ ।

गृहमन्त्री शर्माले नयाँ संविधानको ‘स्पिरिट’ अनुसार सरकारले यातना दिने तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण हुनेगरी कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!