गृहमन्त्री शर्माको गृहजिल्लाको जिससमा माओवादी निर्विरोध

रुकुम, असोज ८ । रुकुम र पूर्वी रुकुममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित ९–९ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै पश्चिम रुकुम जिसस प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बीएम तथा सदस्यमा धनवीर ओली, अमृत बोहरा, टेकबहादुर ओली, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्विरोध भएको पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!