अब सवारी लाइसेन्स नपाइने

काठमाडौं, असोज ८ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भन्दै यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण बन्द गरेको छ ।

लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिए पनि आजसम्म विभागले सवारीको ट्रायल भने लिइरहेको यातायात कार्यालय उकान्तकुनाले जानकारी दिएको छ । विभागले यही असोज २२ गतेसम्मका लागि लाइसेन्स वितरण रोक्का गरेको हो ।

नयाँ लाइसेन्सको वितरण रोकिएपनि सरकारी कार्यालय खुल्ने दिनसम्म नवीकरण भने नरोकिने यातायात व्यवस्था विभाग, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!