१२५ तहकाे नतिजा सार्वजनिक, अब ११ तहको नतिजा घोषणा हुन बाँकि

काठमाडौं, असोज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

 अब ११ तहको नतिजा घोषणा हुन बाँकि छ ।

हालसम्म नेपाली कांग्रेसले ३६ स्थानीय तहमा जितेको छ भने संघीय समाजवादी फोरमको २३, माओवादी केन्द्रको २१, राजपाको २३, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।

कांग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि रहेको छ ।

पछिल्लो परिणामअनुसार सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवनन्द महतो ७२०८ मत ल्याएर विजयी भए ।

उपमेयरमा पनि माओवादी केन्द्रकै रिता माझी ६४९९ मतसहित विजयी भइन ।

सिरहाको सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका असेश्वर यादव ९२३४ मत ल्याएर विजयी भए ।

उपमेयरमा भने नेकपा एमालेकी नमिता यादव ९१६१ मतसहित विजयी भइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!