महोत्तरीमा एमाले शून्य

काठमाडौं, असोज ८ । असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत महोत्तरीको १५ वटै तहको मतगणना सकिएको छ । महोत्तरी असोज २ मा भएको प्रदेश २ को निर्वाचन अन्तर्गत सबै तहको नजिता निकाल्ने पहिलो जिल्ला समेत बनेको छ ।

१५ वटा स्थानीय तह मध्ये राजपा नेपालले सबै स्थानीय तह जित्न सफल भएको छ । राजपाले सबैभन्दा बढी ७ वटा तहमा जित हासिल गरेको छ ।

दोस्रोमा माओवादी केन्द्र भएको छ । उसले केन्द्रले ४ वटा स्थानीय तहमा बिजयी हात पारेको छ ।

नेपाली कांग्रेस ३ तह जितेको छ भने संघीय समाजवादी फोरम नेपाल १ स्थानमा बिजयी भएको छ । एमालेले भने महोत्तरीमा मेयर, उपमेयर, प्रमुख, उपप्रमुख कुनै पनि पदमा जित हासिल गर्न सकेन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!