अब १४ तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ? 

काठमाडौं, असोज ८ ।  तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको १४ स्थानीय तहको नतिजा आउन बाँकी छ ।

२ नम्बर प्रदेशको ८ जिल्लामा १ महानगर, ३ उपमहानगरसहित १ सय ३६ स्थानीय तहमध्ये १२२ स्थानीय तहको नतिजा अार्इसकेकाे छ ।  अव १ महानगरसहित १४ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।

हेराैँ कहाँ कसको अग्रता ?

फाेटाे: थाहाखबरबाट

पछिल्लाे मत परिणाम अनुसार 

वीरगञ्ज महानगरपालिका, पर्सा

संघीय समाजवादी 9232/8642

कांग्रेस 9194/10558

राजपा 6409/5521

 

कलैया उपमहानगरपालिका, बारा

एमाले ६६८९

कांग्रेस ६६४९

संघीय समाजवादी ६१४९

 

शम्भुनाथ नगरपालिका, सप्तरी

एमाले २३८५/२०७९

लोकतान्त्रिक फोरम २२१७/२०८५

कांग्रेस २१६०/१९८३

अहिलेसम्म नेपाली कांग्रेसले ३६ स्थानीय तहको प्रमुखसहितको जीत हासिल गरेको छ ।  संघीय समाजवादी फोरमले २२ स्थानीय तह जित्दै प्रदेश नं. २ को दोस्रो शक्तिको रुपमा देखा परेको छ भने ४ स्थानमा लिड गरिरहेको छ ।

नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा विजय हासिल गर्दै २ स्थानीय तहमा लिड गरिरहेको छ । राजपा नेपालको २१ स्थानीय तह जित्दै ३ स्थानमा लिड गरिरहेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको एमालेले भने अहिलेसम्म १६ स्थानीय तह मात्र जितेर पाँचौ स्थानमा रहेको छ भने ३ स्थानीय तहमा लिड गरिरहेको छ ।

यसैगरी नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहको प्रमुख जितेको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!