गुण्डागर्दी अन्त्यको लागि टोलटोलमा प्रहरी

काठमाडौं, असोज ८ ।  गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुण्डागर्दी अन्त्य गर्नकै लागि हिजोबाट टोलटोलमा सादा पोसाकका प्रहरी परिचालन अभियान संचालन गरेको  बताएका छन् ।

राजधानीमा जागरण सञ्चार नेपालद्धारा आयोजित देशव्यापी साँस्कृतिक अभियानको उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री श्रेष्ठ उक्त भनाई राख्नु राखेका हुन् । गुण्डागर्दी र असुरक्षाका कारण आमनागरिकले त्रासको वातावरण महशुस गर्नु नपरोस भन्ने सरकारको योजना रहेको उनले बताए । प्रदेश २ को जस्तै प्रतिनिधिसभा र प्रदेशसभाको लागि मंसिरमा हुने निर्वाचन पनि मयरहित वातावरणमा हुने दावी राज्यमन्त्री श्रेष्ठको थियो ।

जागरण सञ्चार नेपालले कलाको माध्यमबाट राष्ट्रको पहिचान जगाउने नारासहित आजबाट देशव्यापी साँस्कृतिक अभियानको थालनी गरेको हो ।

राष्ट्रको पहिचान तथा कलाकार र स्रष्टाको सम्मान गर्ने उद्वेश्यले संचालित राष्ट्रिय जागरण साँस्कृतिक अभियानले देशभर साँस्कृतिक जागरणका कार्यक्रमहरु गर्ने सार्वजनिक उद्घोष पनि गरेको छ । जागरण सञ्चार नेपालका अध्यक्ष केशरकुमार कालीकोटेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गायिका कुन्ति मोक्तान, कलाकार सुरविर पण्डित, पत्रकार ऋषि धमाला, अभिनेता सुन्दर श्रेष्ठ लगायत करिव २० जनालाई सम्मान पनि गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!