चुनाबी अभियान शुरु गरेका बाबुरामलाई कति सहज होला नारायण काजीसँग ?

गोरखा, असोज ७ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमागोरखा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने भएपछि । उक्त क्षेत्रमा चुनावी अभियान शुरु गरेका छन ।

शुक्रबारदेखि भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै र सम्पर्क कार्यालय स्थापना गर्दै चुनाव अभियानमा सक्रिय भएका हुन ।

भट्टराईले प्रनिनिधिसभा निर्वाचनका लागि गोरखा नगरपालिका–१० छेवेटारमा चुनाबी अभियानका लागि सम्पर्क कार्यालय स्थापना गरेका छन ।

भट्टराईले अभियानका क्रममा मतदातासँग भने, ‘जनताको सेवा वाहेक कुनै लक्ष्य राखिन । म अर्थमन्त्री र प्रधानमन्त्री हुँदा विकासको आधारभूत पुर्वाधार निर्माण गरेको छु, अव त्यसलाई पूर्णता दिन एकचोटी अवसर दिनुस् ।’

समग्र गोरखा जिल्लाको प्रनितिधित्व हुन्छ भनेर क्षेत्र नम्वर २ बाट चुनाव लड्न लागेको भट्टराईले दावी गरे । उनले मतदातासँग आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गरेको सकरात्मक कामको आधारमा मत माग्ने भट्टराईले स्पष्ट पारे ।

छोटो अवधिमा आर्थिक क्रान्ति गर्नका लागि संविधान कार्यान्वयन पनि भइरहेको उनको भनाइ छ । आसन्न चुनवामा देशभर आफ्नो पार्टीका उम्मेदवार उठाउने भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!