पर्साको पोखरीया नगर उपप्रमुखमा पत्रकार सलमा खातुन निर्वाचित

काठमाडौं, असोज ७ । पर्साको पोखरीया नगरपालिकाको उपप्रमुखमा पत्रकार सलमा खातुन विजयी भएकी हुन् । उनी संघीय फोरमबाट चुनाब लडेकी थिइन ।

यसअघि सलमा वीरगञ्जको नारायणी एफएममा रेडियो पत्रकारका रुपमा कार्यरत थिइन । सलमाले २७०४ मत ल्याउँदा उनका निकतमद्वन्द्वी संघीय समाजवादी पार्टीकी विणा देवीले २४९५ मत पाइन् ।

१० वटा वडा रहेको पोखरीया नगरपालिकामा पाँच वटा वडाको अध्यक्षमा भने कांग्रेस विजयी भएको छ । यस्तै तीन वटा वडामा फोरम नेपाल र दुई वटा वडामा नेपाल संघीय समाजवादी पार्टीले जीत हात पारेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!