मञ्चद्वारा केन्द्रीय र क्षेत्रीय अध्यक्षसहित दुबई सचिबको बिदाई

युएई, असोज ७ । नेपाली जनप्रगतिशील मञ्च युएईले २२ सेप्टेम्बर २०१७ का दिन मञ्चका केन्द्रीय अध्यक्ष हेमन्त पौडेल, शारजाह क्षेत्रीय समिति अध्यक्ष सरिता थिङ (प्रतिक्षा) र दुबई क्षेत्रीय समिति सचिब राजु थापालाई एक बिषेश कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।

युएईको बसाईलाई बिट मार्दै नेपाल फर्किने तयारीमा रहेका पौडेललाई नेपाली जनप्रगतिशील मञ्च युएईको स्थापना कालदेखि संगठनमा पु¥याएको महत्वपुर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै दोसल्ला ओडाएर सम्मान पत्रको प्रधान गरी बिदाई गरेको थियो । भने प्रतिक्षा र थापालाई पनि दोसल्ला र सम्मान पत्रको प्रधान गरिएको थियो ।

युएईको सबै प्रान्तहरुबाट प्रवासी नेपालीहरुको बाक्लो उपस्थिती रहेको बिदाई कार्यक्रममा मञ्चका बरिष्ठ सल्लाहाकार शम्भु वाइबा, सल्लाहाकार मोहन सिवाकोटी एनआरएन आईसिसि सदस्य ठाकुर प्रसाद ढुंगाना, अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण मरासिनी, समाजसेवी नारायण बिसुंखे लगायतका अतिथीहरु रहेका थिए ।

मञ्चद्धारा निकै भब्यरुपमा सम्पन्न बिदाई कार्यक्रममा हालसालै मात्र एनआरएनए २०१७, १९ कार्यकालको लागी निर्वाचित आईसिसि सदस्य ठाकुर ढुंगाना, एनसिसि युएईका अध्याक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण मरासिनी, सचिब मील बहादुर गुरुङ सदस्यहरु जीवन दास, लछुमन काफ्ले, ओम प्रसाद उप्रेती, दिनेश पराजुली लगायतलाई अभिनन्दन सहित सफल कार्यकालको लागी शुभकामना दिएको थियो ।

कलाकारहरुको बिभिन्न मनोरन्जनात्म सास्कृतिक प्रस्तुतीहरुको साथमा भएको कार्यक्रममा अजमान क्षेत्रिय समितिको अधिबेशन समेत सम्पन्न भएको थियो । अजमान क्षेत्रिय समितिको कार्यसमितिमा अध्यक्षमा प्रकाश काफ्ले उपाध्यक्ष प्रकाश मगर र लक्ष्मी तामाङ, सचिब कृष्ण शंकर अधिकारी, सहसचिब बिनोद सेवा, कोषाध्यक्ष गेल्बु शेर्पा, सदस्यहरु बिनोद गैरे, रुद्र थापा, अमानत गुरुङ, सुरज गैरे, प्रबेग दास, दिपक बर्देवा, रमेश गुरुङ, गंगा कुमार मगर, दल बहादुर मगर, गीर बहादुर राना, बुद्ध बोम्जन र सल्लाहकारमा सुरज गुरुङ चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!