सिरहाको ६ स्थानीय तहमा माओवादी केन्द्र विजयी

लहान, असोज ७ । सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको मतगणना सकिएको छ । जसमा नेकपा माओवादी केन्द्र ६ स्थानीय तहमा विजयी भएको छ । सिरहा नगरपालिकाको मतगणना जारी छ ।

सार्वजनिक भएको १६ स्थानीय तहमध्ये माओवादी केन्द्र ६ वटा स्थानीय तहमा विजयी भएको छ । संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा (यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!