पोखरीया नगरप्रमुखमा दुई पूर्वसांसदलाई हराउदै २८ वर्षीय युवा विजयी

पर्सा, असोज ७ । पर्साको पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै नेपाली जनता दलका २८ वर्षीय युवा बिजयी भएका छन् ।

पोखरीया नगरपालिकाको मेयरमा नेपाली जनता दलका दीपनारायण रौनियारले दुई जना पूर्व सभासद संघीय फोरमका प्रधुम्न चौहान र नेपाली कांग्रेसका रामेश्वर रौनियारले पराजित गरेका हुन । यो जनता दलको दोस्रो जित हो ।

उनले ३०२६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी संघीय फोरमका चौहानले २७६७ र कांग्रेसका रौनियारले १६६३ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा संघीय फोरमकी सलमा खातुन २७०४ मत प्राप्त गरी विजयी भएकी छन् । खातुन पत्रकार हुन् । उनकी निकटतम प्रतिद्वन्दी जनता दलकी वीणा देबीले २४९५ मत ल्याइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!