विजयी घोषणागत्तै झाडू बोकेर निस्किए गाउँपालिका अध्यक्ष

सप्तरी, असोज ७ । चुनाव जितेको खुसी मनाउन नभ्याउँदै तिलाठी–कोइलाडी गाउँपालिकाको प्रमुख सतिश सिंह हातमा झाडू बोकेर सफाइमा जुटेका छन् ।

उनी मतगणना स्थलमा रहेका अत्यधिक फोहोर सफा गर्न आफैं झाडू बोकेर निस्किएका हुन् ।

गाउँपालिका वडा नम्बर १ स्थित गाउँपालिकाको कार्यालयमा मतगणना भइरहँदा खाने सामग्री र खानेपानीको बोतल यत्रतत्र छरिएको थियो । उनले आफ्नो अगुवाईमा फोहोर हटाएर मात्रै विजयी जुलुस निकालेका हुन् ।

‘फोहोरले दुर्गन्ध बढाउने र बिभिन्न किसिमको रोग लाग्ने भन्दै उनले चेतना जगाउन र फोहोर हटाउनुलाई आफ्नो प्राथमिकतामा राख्ने समेत बताए ।

सप्तरी युथ नेपालले जिल्लामा संचालन गरेको सरसफाई अभियानमा सहभागिता जनाउँदै आएका उनले यो अभियानलाई आफ्नो गाउँपालिकामा मूर्त रुप दिने बताए

कमेन्ट गर्नुहोस्

error: Content is protected !!