१११ स्थानको मतपरिणाम सार्वजनिक, २० स्थानमा माओवादी केन्द्रकाे जीत

काठमाडौं, असोज ७ । प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म एक सय ११ स्थानको परिणाम सार्वजनिक भएको छ ।

तराईका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २१, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहमा जित्न सफल भएका छन् ।

त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!