पर्साको जगरनाथपुरमा माओवादी केन्द्र विजयी

पर्सा, असोज ७ । पर्साको जगरनाथपुर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका जालिम मियाँले गाउँपालिका अध्यक्षमा जित हासिल गरेका हुन् । मियाँले ३४०१ मत ल्याएर विजयी भएका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने संघीय समाजवादी फोरम विजयी भएको छ । फोरमकी विशमिला खातुन ३१४१ मतका साथ उपाध्यक्षमा विजयी भएकी हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!