काजीसँग डराउदै भट्टराईले गोर्खा छाडे

काठमाडौं, अशोज ७ । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई काठमाडौं जिल्लाबाट चुनाव लड्ने भएका छन् ।

यसका लागि उनले विवेकशील साझा पार्टीसँग सहकार्यको प्रयास थालेका छन् ।

गृहजिल्ला गोरखामा नयाँ शक्तिको संगठन नभएको, भर्खरै सम्पन्न स्थानीय चुनावमा गोरखामा नयाँ शक्ति कमजोर हुनु तथा नेकपा माओवादीले गोरखामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बाबुरामले गोरखा छाडेर काठमाडौंबाट चुनाव लड्न लबिङ थालेको स्रोतले बताए ।

बाबुराम विवेकशील साझा पार्टीको सहयोगमा काठमाडौं जिल्लाबाट चुनाव लड्न तम्सिएका हुन् । उनले काठमाडौं कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने अझै निश्चित भइसकेको छ ।

अहिले विवेकशील साझा पार्टीसंग कुराकानी गरिरहेका बाबुरामले केही दिनमा उम्मेदवारी टुंगो लगाउने स्रोतको भनाई छ । बाबुरामलाई सहयोग गर्न विवेकशील साझा पार्टीको उच्च नेतृत्व सकारात्मक रहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्