प्रताप दासकाे नेपाल आइडल यात्रा

पुष्पा महरा

मिठो मुस्कानका धनी ललितपुर झरुवारासीका प्रदाप दास नेपाल आइडलमा सेकेन्ड रनरअप बनेका छन् । एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलमा सयौं प्रतिष्पर्धीहरुलाई उछिनेर नेपाल अाइडलका लागि दावेदार अन्तत: सेकेन्ड रनर अप बन्न सफल पुगेका छन् ।

कतारको दोहामा भएको ग्राण्ड फिनालेमा प्रताप दास सेकेन्ड रनर अप बनेका हुन् । दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको कार्यक्रमा पोखराका बुद्ध लामा नेपाल आइडलका विजेता बने भने मोरङका निशान भट्टराई फस्ट रनरअप ।

परिवारको सांगीतिक पृष्ठभूमिले सांगीतिक क्षेत्रमा आउन प्रेरणा मिलेको बताउने प्रताप नेपाल आइडलमा आउनुभन्दा पहिले नै नेपाली सांगीतिक क्षेत्रमा होमिएका हुन् ।

प्रताप दासले नेपाल आइडलको अडिसनमा ‘ती लोलाएका ठूला’ गीत गाएर जर्जहरुको मन जित्न सफल बनेका थिए । नेपाल आइडलमा पटक–पटक बटम थ्रीमा परे पनि दर्शकको भोटले गर्दा नेपाल आइडलको फाइनल सम्म पुग्न सफल भए प्रताप । गीत गाउँदा पनि मुस्कुराएर गाउने उनीप्रति दर्शकको छुट्टै मोह छ । गीतलाई गाउँदा अन्तरा नै विग्रिए पनि त्यसलाई सच्चाउन सक्ने उनीमा खुवी रहेको जर्जहरुले तारिफ गर्दै आएका छन् । ‘हेर्दा राम्रो माछापुच्छ्रे’, ‘तालको पानी, माछीले खानी’, ‘म यस्तो गीत गाउँछु’, मोटरसाइकलमा’, ‘गुराँसै फुल्यो वनैमा’ लगायत दमदार प्रस्तुति दर्शकका लागि दिएर प्रतापले दर्शकको मन जितेका थिए ।

एसएलसीपश्चात संगीतमा लागेका प्रतापले विद्यालय, कभर सङ हुँदै केही चलचित्रमा समेत गीत गाएका छन् । कलानिधि संगीत महाविद्यालयले आयोजना गरेको ‘कलानिधि आइडल’ जितेका उनी नेपाली तारा सिजन ३ मा पनि सहभागी भएर चौथो चरणसम्म पुगेका थिए ।

उनले चलचित्र प्रेमगीत २ मा इन्दिरा जोशीसँग ‘मोटरसाइकलमा’ गीत गाएका छन् । त्यस्तै नाईँ नभन्नु ल ३ को गीत ‘अलिकति स्वीट’मा मेलिना राईसँग स्वर दिएका छन् । उनले गीत एल्बममा पनि स्वर दिएका छन् ।

प्रतापले १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएर तेस्रो भए । उनले १० लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

फाेटाे : गुगलबाट

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!