पर्सा छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी

पर्सा, असोज ७ । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले जीत हासिल गरेको छ ।

माओवादी केन्द्रका मनोज कुमारले २ हजार ८५१ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले २ हजार ६९४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले २ हजार ८३१ मत प्राप्त गरी विजयी बनेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!