नातिको हातबाट हजुरबुवाको मृत्यु

रामेछाप, असोज ७ । सामान्य घरायसी विवादका कारण आफ्नै नातिले हजुरबुबालाई हिर्काउँदा हजुरबुबाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रामेछाप नगरपालिका वडा नं २ देउरालीका ५७ वर्षीय यज्ञबहादुर कार्की रहेका छन् ।

सामान्य घरायसी विवाद हुँदा २७ वर्षीय नाति रामबहादुर कार्कीले हजुरबाबु यज्ञबहादुरलाई छातीमा मुड्कीले हानेका थिए ।

नातीको कुटाइबाट बेहोस बनेका कार्कीलाई गएराती उपचारको लागि सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । हजुरबाबुलाई हिर्काउने नाती रामबहादुरलाई देउराली प्रहरीले कार्कीकै घरवाट नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!