‘हाम्रा नेताले बोलीलाई लगाम दिन नसक्दा तराईमा यस्तो स्थिति आयो’ गोकर्ण विष्ट

काठमाडौ, असोज ७ । एमालेका सचिव गोकर्ण विष्टले आफ्नै
पार्टीका केही नेताहरुप्रति रुष्ट बनेका छन् ।

अध्यक्ष केपी ओलीलगायत एमालेका केही शीर्ष नेताहरुले आफ्नो बोलीमा लगाम नलगाउँदा तराईमा अहिले एमालेले हार व्यहोर्नु परेको बताए ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव विष्टले शीर्ष नेताहरूले आफ्नो अभिव्यक्ति सम्हाल्न नसक्दा यस्तो अवस्था आएको बताउँदै यसले मधेसमा एमालेलाई ठूलो नोक्सानी भएको टिप्पणी गरेका छन् ।

सचिव विष्टले प्रदेश नम्बर २ को चुनावी नतिजा पार्टीले आन्तरिक रुपमा गरेको अनुमान अनुसार नै आएको खुलासा गरे । ‘बाहिर जे भनिए पनि पार्टीभित्रको छलफलमा अहिले आएको नतिजामा चित्त बुझाउनु पर्छ भनेका थियौँ’, उनले भने, ‘यो नतिजा आउनुमा एमालेका ठूला नेता दोषी छन् । हामीले करिव करिव यस्तै परिणाम आउँछ भनेर सोँचेका थियौँ ।’

‘एमालेका विरुद्ध चारैतर्फबाट घेराबन्दी गरियो’, सचिव विष्टले भने, ‘एमालेलाई मधेसी जनता विरोधी पार्टी हो भन्ने दुश्प्रचार गरिएको थियो ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!