वीरगन्ज महानगरमा ३२ हजार मत गणना, कुन वडामा काे विजयी ?

वीरगन्ज, असोज ७ । प्रदेश नम्बर २ मा निकै चर्चा र चासोको विषय बनेको वीरगन्ज वीरगन्ज महानगरपालिकामा अहिलेसम्म ३२ हजार मत गणना भएको छ ।

गत सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा वीरगन्जमा ८४ हजार मत खसेको थियो । ३२ वटा वडा रहेको वीरगन्जमा मंगलबारबाट मतगणना सुरु भएको थियो ।

मतगणना निकै नै सुस्त गतिमा भएको भन्ने चौतर्फी आलोजना भइरहेको बेला वीरगन्ज महानगरपालिका अहिलेसम्म ३२ हजार मत गणना भएको हो ।

वीरगन्ज महानगरमा अहिलेसम्म १, २, ३, ४, ६, ७, ८, ९, १०, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये वडा नं ३० मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, २८ र २९ नम्बर वडमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, १ र ४ नम्बर वडामा कांग्रेस, ३,५ र ३२ नम्बर वडामा राजपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् । ३२ हजार ९ सय ५२ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!