प्रदेश नम्बर २ मा नयाँ शक्तिको विजयी सुरुवात

सप्तरी, असोज ७ । प्रदेश नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालले पनि खाता खोलेको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपालका सूर्यनारायण मण्डल २८०५ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी राजपाकी विमलदेवी यादवले १३८५ मत ल्याएकी छिन् ।

त्यस्तै उपाध्यक्षमा भने राजपा नेपालकी उषाकुमारी मण्डल १७१० मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिकी प्रमिलादेवी साह १५८० मत ल्याइन्।

प्रदेश नम्बर २ मा नयाँ शक्तिले नेकपा संयुक्तसँग गठबन्धन गरी चुनावमा सामेल भएको थियो । उसको चुनाव चिह्न हसिया थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!