बागमती सफाईमा मिस टिन कलेजका सहभागीहरु

काठमाडौं, असोज ७ । २२८ औं हप्ताको बागमती सफाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सफाई कार्यक्रममा सिजन मिडियाद्धारा आयोजित मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरुले पनि बागमती सरसफाई अभियानमा साथ दिन बानेश्वरस्थित बानेश्वर क्याम्पसको अगाडी बागमती खोलामा सरसफाइमा सहभागी भएका थिए ।

उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाको सयौंको संख्यामा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सामाजिक उत्तरदायित्वको ज्ञान होस् भनी मिस टिन कलेजका प्रतियोगीहरुलाई बागमती सरसफाईमा सहभागी गराइएको हो ।

आज भएको सरसफाईमा करिव १० टन फोहोर वागमति खोला किनारवाट निकालीएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!