लहानमा एमाले विजयी

लहान, असोज ७ । लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

प्रमुखमा मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरेको हो ।

यसैगरी उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुनम चौधरी (जसवालले) ले ९ हजार ९०६ मत प्राप्त गरेको हो ।

लहान नगरपालिकाअन्तर्गत २४ वडामध्ये नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्रले दुई स्थानमा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्