कथाः बिदाको सपना

यामदास घायल ‘सन्तलाल’

प्रत्येक दुईहप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टी दिएको थियो । आकाशले पनि आफ्ना नाङ्गा शरीरभरि दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसङ्गै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर।

मोबाइलले एक्कासी जोडजोडले चिच्याएर बिहान भएको सङ्केत दियो। मलाई भने मोबाईल चिच्याएकोमा रिस उठ्यो र हत्तपत्त मोबाईलको घाँटी थिचिदिएँ– ‘बिहान भएको थाहा पाउने तर आज बिदा रहेको थाहा नपाउने। त्यसलाई थाहै छ नि बिदाको दिन अबेरसम्म सुत्छु भन्ने कुरा ।’ मनमनै भुनभुनाउदै पुनः बिछ्यौनमा आफ्नो शरीरलाई फालिदिएँ।

कच्चीबाटोमा कहिले भित्तामा जोतिदै त कहिले छेउतिर ढल्कदै उकालो लाग्दै थियो बस। कुनै चाडबाडको अवसर पारेर जोड्ले निङ्गार पिई होस गुमाएको बटुवा जस्तै । यात्रा गरिरहेकामध्ये धेरैजसो त आईमाईहरू थिए। धेरैले काखमा आफ्नै अनुहारका सानीबच्ची च्यापेका थिए । अनि छेवैमा उभिएका थिए तिनै अनुहारमा मुसार्दै तिनीहरूकै लोग्नेहरू। बीचरीहरू बसले छेउ र भित्तामा पछार्दा डरले चिच्याउँथे र गाली गर्थे चालकलाई। बिचरा चालक सरकारलाई दोस लागाउँदै भनेको सुनिन्थ्यो– सरकारले पिच गरिदिए त यतिका जोखिमयुक्त यात्रा गर्नै पर्थेननी ।
तर बस भने हल्लन नछोडी उकालोबाटोमा बल लगाउदै चढ्दै थियो ।

बसका झ्यालबाट बहिराको दृश्यहरूमा आफ्ना मनहरू डुलाइरहेँ। जङ्गलको बीचबाटो हुँदै उकालो चढ्दै थियो बस। सडकको छेवैमा उभिएका कति रुखहरू त मोटोरको धुँवा र सडकको धुलो माटोले कुरुप देखिन्थे नचिनिने गरि। अलिपर तिरका अम्बाका बोटहरू भने सुन्दर आफ्ना शरीरलाई प्रदर्सन गर्दै उभिएका थिए। कति किसोरहरू त कल्पनामा हराँउदा हुन् ती अम्बाका बोट देखेर किनकि तिनीहरू कुनै नाङ्गा युवतीभन्दा कम थिएन। सल्लक परेका जिउ, अँझ अनि झ्याम्मा परेका पातहरू अनि तिनै शरीरमा उठेको भाग कुनै युबतिको छातीभन्दा कम थिएन। त्यसैले त तिनै उफ्राईको यात्रलाई पनि सहज पारिदिन्थे युवा किसोरहरूलाई। तर किशोरीहरूलाई भने डाहा र रिस एकै चोटि लाग्थ्यो होला। अम्बाको बोटप्रती।

आमाले गुन्द्रुक र फापारको रोटि पोको पारेर पठाउनु भएको थियो। पेटले आमाले पठाउनु भएको खाजाको सम्झना दिलाई दिईहाल्यो। सिटमा पनि म एक्लै थिएँ त्यो पनि अन्तिम सिट। त्यसैले सजिलो महसुस गरेँ र झोलाको बाहिरी भागमा रहेको गुन्द्रुक र रोटिलाई निकालेर खाना थालेँ क्वाप्पा क्वाप्पा‘‘ बस भने आफ्नै रफ्तार र हल्लाईमा उकालो चढ्दै थियो।

आधा जङ्गलतिर आई पुगेको हुनुपर्छ। एक्कासि केही पड्केको ठूलो आवाज आयो। यात्रमा हुनेहरू सबै डरले चिच्याए। चालक र सहचालक पनि डराए जस्तो देखिन्थ्यो। बस भने बिस्तारै भित्तातिर ढल्कियो। सबैजना ओर्लिए। चालकले बसको टाएर पड्केको र आफूहरूसँग थप नरहेकोले अब अघि जान नसक्ने जानकारी दिए। सबैजना एक अर्काका मुख हेराहेर गर्न थाले। कसैको मुखबाट पनि केही शब्द निस्केन। ती जङ्गल भरी उभिएका बोट र मान्छेहरू उस्तै देखिन्थे टोलाएका हल्चलसम्म नगरी। केहीछिनको टोलाई पछि भने बिस्तारै हल्ला गर्न थाले ती मान्छेहरू। तर चुपचाप सुनिरहे र हेरिरहे तिनै अम्बाका बोटहरूले ती मान्छेहरूलाई। अम्बाका बोटहरूले मान्छेका मुहारहरू प्रष्ट हेर्न नपाउदै सबै आफ्ना आफ्ना बाटो लागे।

साँझ पर्दै थियो भने म लम्क्दै थिएँ। बसमा सङ्गै यात्र गर्नेमा कोही पनि चिनेकाहरू थिएनन्। चिनून् पनि कसरीरु म कहाको मान्छे, अनि तिनीहरू कहाकारु म साथीले बोलाएको कारण साथीको बिहेमा जाँदै थिएँ। नौलो ठाउँ नौलो मान्छे। मैले साथीलाई सबै जानकारी दिएर फोन गरेको थिएँ। साथीले सबैजना ब्यस्ता भएकोले गाउँकै अरु दुई भाइहरूलाई लिन पठाएकोले बिस्तारै सडकै सडक हिन्दै आऊ भनेकोले म अलिमाथिसम्म जाँदै थिएँ।

साँझ झम्मक परेको थियो। कोही पनि केटोहरूले मेरो नाम लिएर आएनन्। केही किसोरहरू त भेटेँ तर सोद्धा उल्टै झर्केर ओरालो झरेका थिए। त्यसैले चिन्तित हुँदै बरको जरामा आफ्नो झोला अढ्याएर अढेस लगाई सोचिरहेँ। मोबाईलमा ब्याट्रिसकेकोले मोबाईल पनि अफ भइसकेको थियो। नजिकै कतै घर भेटिए बास बस्ने र भोलि सोध्दै जाने निर्नय बनाई चारै तिरा हेर्दै थिएँ। पछाडिबाट सुमुधुर आवाजमा कसैले मलाई दाइ भन्दै सम्बोधन गरेर बोलाएको आवाज मेरो कानमा ठोकियो। महिला अवाजलाई पूरा आफ्नो ज्ञानेन्दृयामा पुर्याउन नपाउदै मैले पछाडि फर्केर हेरेँ। एउटी आधिबैसे आईमाई उभिएकी थिई मेरीसामु। ढुङ्गा खोज्दा देउता मिले झैँ मैले सहयोग पाउने आसाले साथीको नाम र ठेगाना दिएँ र सबै कुरा प्रष्ट भनेँ।

साथीको ठेगाना र नाम थाहा नभएको जानाकरी सङ्गै यता नजिक कतै बस्ती नरहेको जानकारी पनि दिइन्। र आपात परेकोले अलि टाढा रहेको आफ्नो घरसम्म लगेर बास दिन सक्ने जानाकरी पनि दिइन। मसँग अरु बिक्ल्प पनि त थिएन र पछि लाग्ने निधो गरेँ। उनी अघि अघि लागिन् म पछि पछि लागेँ।

लगभग ज्ञ घन्टा पछि एउटा सुबिधा युक्ता बङ्गलामा आइ पुग्यौँ। अच्चमा लाग्यो। यत्रो जङगलको माझ यस्तो बिकट ठाउँ तर यत्रो महल कसरीरु छक्क परेँ म। पत्याउन गाह्रो थियो तर पनि नपत्याई धर थिएन किनकि आफू तिनै बङ्गलाको मुलद्वारमा उभिएको थिएँ। भित्र पस्न अनुरोध गरिन्। भित्र गएँ। अच्चमा सुननै सुनले पोतिएका भित्ता थियो। कोठाहरू कति सुगन्धित सबैबाट विभिन्न जातका फुलहरूका बासना आउथ्यो। म त छक्क परेँ। आफैले आफैलाई विश्वास गर्न सकिन तर पनि म त्यही उभिएको थिएँ। मैले उनीलाई हेरेँ तर उनी त्यहाँ थिइन्। अघि सङ्गै उभिएकी युवती आफूसङ्गै नपाँउदा छक्क परेँ। तैपनि अँझै भित्र गएँ उनी त मभन्दा अगाडि नै भित्र गइसकेकिरहेछे झन मलाई अच्चम तुल्यायो। उनी भित्र टेबलै भरी खाने कुरा राखेर पर्खिरहेकि रहेछिन्। गएँ र टेबलमा बसेर खाना थालेँ। त्यही बेला उनीले आफ्नो जानकारी दिई।

म तिम्रै साथीको गाउँकै मैचा हुँ। नेवारीकि छोरी। म यहाँ बस्ना थालेको आजैबाट हो। योभन्दा अघि म तिम्रो साथीकै गाउँमा बस्थेँ। त्यहाँ बस्दा हिजोमात्र मेरो लोग्नेको बिदेशबाट लास आयो। उनैको मेहनतले यो अनकान्टार ठाउँमा मैले यो महल ठाडाएको थिएँ।

उनिले आफ्नो सबै जानकारी दिइसक्दासम्म मैले आफ्नो भोक मेटाइसकेको थिएँ।

उनीले सुत्नको लागि बिछ्याउन देखाई। सुनै सुनले सजिएको बिछ्याउन थियो । सबैबाट विभिन्न थरिको सुभास आउथ्यो। बिस्तारै बिछ्यौनामा पल्टिएँ। तर बिछ्यौनमा पल्टने बितिकै म एक्कासि हावामा फिलिङ्गिदै आकासबाट बादलहुँदै तल खसेँ। तब पो एक्कासि ब्यूँझिएँ र जुरुक्कै उठेछु। आफ्नै अगाडिको भित्तामा टाँसेको ऎनाले मलाई मेरै भखरै उठेको अँध्यारो मुहार देखाइरहेको थियो।

पछि फोन गरेर सोधेको त त्यो केटीको नाम नै मेरै साथीको बहिनीको नाम रहेछ। साउदीमा काम गर्ने क्रममा दुर्घटनामा परि उनको श्रीमानको मृत्यु भएको खबर सुनेर हिजो बेलुका बेहोस भएकी उनी बिहानी पख दुई बजेतिर मरेकी थिइरे। मेरो सारै मिल्ने बहिनीको साथी जो मलाई एक पटक मुहारै नदेखाई सदाको लागि टाढा गइछे। उनको आत्मालाई चीर शान्तिको कामना गर्दैमा उठे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!