‘इधर ओली, उधर मोदी… मधेशको बलात्कार कर दिया दोनों ने’

गोकर्ण भट्ट/

जनकपुरधाम, असाेज ७ । ‘किन हो र यति महङ्गो ? यो भन्दा सस्तोमा त काठमाडौं मैं पाउँछ त ?” जनकपुरमा सूर्य स्नानकोे दृश्य हेरेपछि नजिकैको कपडा पसलमा मैले सोधेँ । हतारमा मधेस जानु परेकोले मलाई केही लुगा किन्नु थियो । बिहान ८ बजे निस्किने कार्यक्रम थियो यदुकुहातिर ।

साढे सातमा म एउटा कपडा पसल पुगेको थिएँ । “अब कहाँ से दे काठडमांडू के भाव मे ?” उमेरले पचास कटेका पसलेले मैथिली लवजको हिन्दीमा भने, “लाखोंका कारोबार घाटा में है, दो पइसा नही लेंगे तो क्या करेंगे ?”

भारतसँग सीमा जोडिएका जिल्ला जाँदा हामीहरुको एउटा मनोविज्ञान हुन्छ– त्यहाँ कपडा सस्तोमा पाइन्छन् भन्ने ।

ओली के लिए हम लोग बिहारी बने थे, लेकिन हम अपने ही देशमा अपनी पहचान ढूँड रहे थे । यो चक्करमा व्यापारतिर कसको ध्यान जाओस् । आफ्नै देशमा आफ्नो पहिचान खोज्नु ठूलो कुरा थियो । 

अझ घरका महिला सदस्यहरुले त कुर्ता र सारीको माग सुरुमैं गर्छन् । तर जनकपुरमा उनको कुरा सुनेपछि भने मैले थप लुगा हेर्ने आँट गर्न सकिनँ ।

“किन र ? कसरी भयो र घाटा ? झन चुनाव आइरा’छ । मार्केट में पैसा आया होगा ना ?” मैले नेपाली र हिन्दीमा भनें । “नोटबन्दी से लाखौं पैसा डूब गया यहाँ के बहुत सारे व्यापारीयों का । मोदी ने मार दी हामारी” उनी मानौं आफूभित्रको भडास मसँग निकाल्न खोज्दै थिए ।

भारतमा नोटबन्दीको असर जनकपुरमा निकै बढी परेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी शुरु गरेपछि नेपालमा रहेका लाखौं पुराना नोटहरु साट्न नसकेपछि जनकपुरका कैयन् व्यापारीहरुलाई ठूलो घाटा भएको उनले बताए ।

वर्षौंदेखि भारतसँग निर्भर भएर कारोबार गर्ने, कति कारोबार डकुमेन्टेड यानि अभिलेख हुने र कतिपय व्यवहारिक कठिनाईका कारण समेत हुन नसक्ने उनले बताए । “एइसे में हम लोग डूब गए । अब दो का चार बोलने से भी घाटा नही उठ सकता । उसमे ये ओली ने बाँकी कसर भी पुरा कर दिया ।” मोदीसँग ओलीलाई जोड्दै उनले भने ।

नेपालमा मधेस आन्दोलनको सबैभन्दा बढी असर परेको क्षेत्र मानिन्छ जनकपुर । जनकपुर त्यसैपनि राजनीतिक रुपमा सचेत र चर्चित स्थान ।

“ओलीले झनै निषेधको राजनीति गरे । ” यो सँगै भित्रिएको नोटबन्दीले काटिएको घाउमा नून चुक थपेको उनको बुझाई थियो ।

मधेस आन्दोलनले महिनौंसम्म घाटा भयो जनकपुरको व्यापारमा । पसलहरु खुल्न सकेनन् । महिनामा एक दुई दिन खुलेपनि व्यापार हुन सकेन । व्यापारीहरु आफै पनि आन्दोलनमा सहभागी भएको उनले बताए । “सब लोग मधेस आन्दोलन में थे । ओली के लिए हम लोग बिहारी बने थे, लेकिन हम अपने ही देशमा अपनी पहचान ढूँड रहे थे । यो चक्करमा व्यापारतिर कसको ध्यान जाओस् । आफ्नै देशमा आफ्नो पहिचान खोज्नु ठूलो कुरा थियो । जमा भएको पैसा समेत खर्च गर्यौं आन्दोलनमा ।” उनले भने ।

ओलीको बोली र गोलीका कारण मधेस आन्दोलनमा मात्र होइन, त्यहाँका आम सर्वसाधारण र व्यापारीहरुमा समेत ठूलो नकारात्मक प्रभाव परेको उनले बताए ।

त्यतिखेर मधेसी दलहरुलाई वार्तामा बोलाएर सहमतिको प्रयास गरेको भए मधेसमा एमालेप्रति सम्मान कायमै रहने उनको तर्क थियो । मधेसी दलका नेताहरुलाई मोदीले उचाल्ने, नेपालका नेताहरुले हामीलाई बिहारी भन्ने अवस्थाले आम मधेसीहरु चेपुवामा परेको उनले थप टिप्पणी गरे ।

मधेस आन्दोलन एउटा मत्थर बिन्दुमा पुगेर नाकाबन्दी हटेर ओली सरकार गठन भएपछि व्यापारीहरुमा अब व्यापार फस्टाउने एउटा आसा पलाएको उनी बताउँछन् । “तर त्यसो भएन ।” उनले थपे, “ओलीले झनै निषेधको राजनीति गरे । ” यो सँगै भित्रिएको नोटबन्दीले काटिएको घाउमा नून चुक थपेको उनको बुझाई थियो ।

प्रचण्ड सरकारमा सहभागी भएपछि भने हिजोको उकुसमुकस अवस्थाबाट जनकपुरको व्यापारले गति लिन सकेको उनको ठम्याई थियो । मधेसी दलहरु वार्तामा आउनु, संशोधन प्रस्ताव अघि बढ्नु जस्ता पक्षले वातावरण सहज भएको उनले बताए ।

‘भोट त माओवादीलाई नै होला नि त त्यसो भए ?” मैले सोधें । उनी फिसिक्क हाँसे । उनको हाँसोभित्र कता कता कुटिलता झल्किन्थ्यो । “यहाँ राजपा र कांग्रेसको बलियो छ ।” उनले घुमाउरो पाराले माओवादीलाई भोट हाल्दिनँ भन्न भ्याए । उनले अगाडि भने, “राजनीति यस्तै हो । तर जनकपुर अहिले महंगो बनेको छ । कपडादेखि अन्य सामानमा ठूलो मार्जिन राखेर बेच्न बाध्य छन् व्यापारीहरु ।”

मधेसमा ओली र मोदीको आतंकले व्यवसाय चौपट भएका उनी एक्ला थिएनन् । कपाल काट्नेदेखि कपडा व्यापारी र ठूला आयात निर्यातका व्यापारीदेखि फूटपाथ व्यापारीसम्मको आक्रोश ओलीसँग देखिन्थ्यो । जनकपुरका चार पाँच ठाउँमा स्थानीयसँग कुरा गर्दा सबैको एउटा भनाई थियो– इधर ओली ने, उधर मोदी ने, सा.. दोनों ने मधेसीयो को बर्बाद कर दिया….।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!