३ उपमहानगरपालिकाकाे पछिल्लाे अपडेट

काठमाडौं, असोज ७ ।

जनकपुर उपमहानगरपालिका भने राष्ट्रिय जनता पार्टी निकै अगाडि देखिएको छ ।

जनकपुरमा राजपाका मेयरका उम्मेदवारले १४ हजार ३२२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवारले ५ हजार ७३१ मत मात्र प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।

बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा भने एमालेले अग्रता कायमै राखेको छ ।

कलैया उपमहानगरपालिकामा एमालेले ४०७२, संघीय समाजवादी फोरमले ३९९९ र कांग्रेसले ३६५९ मत पाएका छन् ।

जितपुर–सिमरा उपमहानगरपालिकामा भने एमालेले ११ हजार ५७३ मत पाउँदा नेपाली कांग्रेसले ९९७१ र माओवादी केन्द्रले ८४४८ मत पाएका छन् ।

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ९८ स्थानको मतपरिणाम सार्वजनिक भैसकेकाे छ । अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम १९, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १०, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!