बीरगन्ज महानगरको पछिल्लो मत परिणाम

काठमाडौं, असोज ७ ।

बीरगन्ज महानगरको पछिल्लो मत परिणाम

३०११७ मतगणना हुन्दा सम्म  प्रमुख /उप्रमुख

कांग्रेस ६४०३/७३३१

फोरम ६१८१/६०६६

राजपा ४७४१/४००७

माओवादी केन्द्र ३४२१/२४३६

एमाले ३१३७/३८०४

लो.फोरम २०९४/१५७६

धेरैको चासो रहेको प्रमुख नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना रोचक बन्दै गएको छ ।

मतगणनाको प्रारम्भमा अग्रता लिएको राष्ट्रिय जनता पार्टीका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् । निकै सुस्त गतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयरमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन् । उनले ५६९८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका विजय सरावगीले ५२३८ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ४३५० मत पाएका छन् ।

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ९८ स्थानको मतपरिणाम सार्वजनिक भैसकेकाे छ । अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम १९, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १०, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!