साधुलाई दसैँ हर्ष न विस्मात

काठमाडौँ, ७ असोज – पशुपति क्षेत्रमा भीक्षाटनमा रहनुभएका साधुलाई योपटक दसैँको खुशियाली छैन ।

सर्वत्र दसैँको माहौल छ, आफ्नै वरिपरिका मन्दिरमा घुइँचो छ तर एकमुठी चामल भीक्षा दिने पनि कोही नभेटिएपछि उहाँहरूमा दसैँका माहोल आउन नसकेको हो । साधु ७४ वर्र्षीय धर्म गिरी भन्छन, “आश्रममा जमरा राखिएको त छ तर दसैँमा जमरा लगाउनेबाहेक साधुको कुनै उल्लास रहँदैन । ”

यसैगरी ६९ वर्षीया लक्ष्मी पुरीको पनि अवस्था यस्तै छ । “भीक्षाटनमा दान आउन छोड्यो केको दसैँ ?” उनको प्रतिप्रश्न छ । भीक्षा आउन सक्ने पायक स्थानबाट साधुको एक समूहलाई स्थानान्तर गरेपछि यो समस्या आएको उनीहरूको गुनासो छ । उहाँहरूका अनुसार अन्य भिखारी र मदिरासेवीको जमघट हुने ठाउँमा सारिएपछि झनै अवस्था बिग्रिएको छ । “हामीलाई ठाउँ सारेपछि समस्या भयो,” पुरी गुनासो गर्छन ।

“सडकका मगन्ते र जँड्याहा बस्ने ठाउँमा भक्तजन आउन मान्दैनन् अनि भीक्षा पनि पाइन्न, यस्तोमा दसैँ कसरी मान्नु ?,” ७० वर्ष उमेरकी गोमा माताको भनाइ छ । उनी भीक्षाटन गरेर बस्ने साधुलाई हेर्ने कोही नरहेको बताउँदै आफूहरूका लागि दसैँ हर्ष न विस्मात रहेको बताउँछन् ।

झन्डै ५० जनाको हाराहारीमा रहेका साधु समूहको जीवनयापन कठिन बन्दै गएको जानकारहरू बताउँछन्, गोरखापत्रमा खबर छ ।sadhu

कमेन्ट गर्नुहोस्