सलमान दीपिका सँगै देखिने

बलिउडमा दुवै चर्चित नायका सलमान खान र दीपिका पादुकोणले सँगै फिलिम खेल्ने भएका छन् ।

बलिउड फिलिम ‘किक–२’ का लागि नायक सलमान र नायिका दिपीकाले सँगै कामगर्ने सम्भावना रहेको बताइएको छ । किक–२ निर्माता दीपिकालाई हिरोइन लिने योजनामा छन् । यसअघि ‘रेश ३’ मा सलमानका साथ दीपिकाले अभिनय गर्ने खबर पनि बाहिरिएको थियो । तर, सो फिल्ममा सलमानकै सिफारिसमा ज्याक्लिन फर्नान्डिसलाई लिइएको छ । सलमानले नै श्रीलंकन मोडल तथा अभिनेत्री ज्याक्लिनलाई किकमा हिरोइन बनाएका थिए । त्यसकारण उनी ज्याक्लिनकै सिफारिस गर्ने गर्छन् ।

शाहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट १० वर्षअघि बलिउडमा डेब्यु गरेकी चर्चित नायिका दीपिकाले सलमानसँग फिल्म खेल्ने चाहना भएको अभिव्यक्ति दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्