सर्लाहीमा माओवादीले खाता खोल्यो

सर्लाही, असोज ६ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सर्लाहीमा पहिलो पटक माओवादी विजयीको खाता खोलेको छ ।

बागमती नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापाले ७ हजार २८१ मत ल्याएर मेयर पदमा विजयी भएका छन् ।

उनका प्रत्यासी एमालेका विष्णु बहादुर पुलामी मगरले ४ हजार ३४३ मत ल्याएका छन् । त्यसैगरी उप–मेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर विजय भएका छन् ।

उनका प्रत्यासी एमालेका उम्मेदावर बिवा नेपालले ४ हजार ७७१ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!