एमालेलाई हराउँदै माओवादीले फेरी जित्यो अर्को नगरपालिका

सर्लाही, असोज ६ । प्रदेश नं. दुईमा दोश्रो हुने स्थितिलाई माओवादी केन्द्रका पक्षमा आएको पछिल्लो परिणामबाट निरन्तरता पुगेको छ ।

सर्लाहीको बागमती नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापाले ७ हजार २८१ मत ल्याएर मेयर पदमा विजयी भएसँगै माओवादी दोश्रो हुने निश्चित जस्तै देखिएको हो । थापाले एमालेका विष्णु बहादुर मगरलाई २ हजार ९३८ मतले पछिपार्दै मेयर पदमा विजय भएका हुन् ।

एमालेका बिष्णु पुलामीले ४ हजार ३४३ मत ल्याउनु भएको छ । त्यसैगरी उप–मेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर विजय भएका छन् ।

उनले एमालेका उप–मेयरका उम्मेदावर बिवा नेपाललाइ १ हजार ६३३ मतले पछिपर्दै विजय भएका हुन् । बिना नेपालले ४ हजार ७७१ मत ल्याएका छन् ।

बागमतीका १२ वडामध्ये माओवादी केन्द्रले ९ र नेकपा एमालेले ३ वटा वडामा विजयी भएक छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा सर्लाहीमा माओवादी केन्द्रमा ठूलो संख्यामा जनलहर देखिएको थियो । हजारौंले पार्टी प्रवेशको घोषणा गरेका थिए । सोही अनुरुपको मत माओवादीले प्रमुख पदमा प्राप्त गर्न नसकेपनि वडाहरुमा भने माओवादीले उल्लेख्य सफलता प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!