माओवादी केन्द्र बैतडीद्वारा प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार छनोट

बैतडी, असोज ६ । नेकपा माओवादी केन्द्र बैतडीले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। गएको तीनदेखि बसेको जिल्ला कमिटिको बैठकले उम्मेद्वारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ पूर्वसभासद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य ) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। प्रदेश सभाका लागि समानुपातिक तर्फ जिल्ला कमिटि सदस्य भुवनचन्द्र विश्वकर्मा (शान)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारको टुंगो लगाएसंगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णय समेत गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!