संयुक्त विद्यार्थी सङ्गठनद्वारा काबा प्रम गच्छदारलाई ज्ञापनपत्र

काठमाडौं, असोज ६ । संयुक्त विद्यार्थी सङ्गठनले शिक्षा ऐनको नवौं संसोधनको विरोध गर्दै काबा प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई ज्ञापन पत्र बुझाएका छन्।

ऐनले सम्पुर्ण विद्यार्थी तथा सिङ्गो शिक्षा प्रणालीमाथि नै आक्रमण गरेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले चार बुँदे ज्ञापन पत्र बुझाएको हो।

ऐन अनावश्य र विद्यार्थीको हित विपरित भएको ठहर गर्दै ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरूले यथासिघ्र ऐन फिर्ताको माग गरेको राप्रविसं महासचिव राज बस्नेतले जानकारी दिए ।

साथै संयुक्त विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षामा देखिएको विकृती विसंगति र मनपरी शुल्क लिने परापाटीमा रोक लगाइनु पर्ने, भक्तपुर इञ्जिनियरीङ कलेजलाई निजिकरण गर्ने प्रक्रिया रोक्नुपर्ने र विश्वविद्याहरूले आधार, तथ्य र मापदण्ड विना मनपरी ढङ्गले सम्बन्धन दिने परिपाटीको अन्त्य गर्नुपर्ने लगायत माग पनि राखेको जनाइएको छ ।

साथै संयुक्त विद्यार्थी सङ्गठनले माग पुरा नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । सङ्गठनहरूले शनिबार प्रमुख दलका शीर्ष नेतालाई ज्ञापन पत्र बुझाउने, आइतबार क्याम्पसहरूमा कालो झण्डा देखाई बिरोध गर्ने लगाएतका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!