चीनका राजदुत उ होङ र स्वास्थ्यमन्त्री पोखरेलबीच शिष्टाचार भेट

काठमाण्डौं, असोज ६ । नेपालका लागि चिनियाँ राजदुत उ होङले स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलसंग शुक्रबार शिष्टाचार भेट गरेकी छन ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री पोखरेलसंगको भेटमा राजदुत होङले नेपाल सरकारले प्राथामिकतामा राखेको बिषयलाई सहयोग गर्ने बताइन ।

छिमेकी मित्रराष्ट्रको नाताले नेपालसंग समुधुर सम्बन्ध रहेको बताउँदैं राजदुत होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चीन सरकार तयार रहेको बताइन । आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडिबुडी उत्पादनको क्षेत्रमा चीन सरकारले सहयोग गर्ने राजदुत होङले प्रतिवद्वता व्यक्त गरिन । नेपाल सरकारका तर्फबाट ल्याएका योजनालाई सधैं सहयोग गर्न तत्पर रहेको होङले बताइन ।

भेटमा स्वास्थ्य मन्त्री पोखरेलले देशभर प्रदेश स्तरमा आयुर्वेद सेवाको विस्तार गर्ने तयारी गरिएको बताए । दुई देशबीचको सम्बन्ध मतबुद रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले चीन सरकारको सहयोग गर्ने प्रतिबद्वतालाई धन्यवाद दिदैं निरन्तर सहयोग र सहकार्य अपेक्षा राखेको बताए ।

उक्त अवसरमा मन्त्री पोखरेलले भक्तपुरको दधिकोटमा बिर अस्पतालको बिस्तारको लागि सहयोग गर्न आग्रह गरे । यस्तैं कम्युनिष्ट आन्दोलनका नेता नरबहादुर कर्माचार्यका नाउँमा क्यान्सर हस्पिटल खोल्नका लागि सहयोगको अपेक्षा गरिएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!