२२ वर्ष नपुग्दै उपमेयर बनिन अर्चना

पर्सा, असोज ६ । नेपाली राजनीतिमा बुढाहरुले मात्रै महत्वपूर्ण पद ओगट्ने विरासतलाई चुनौती दिदै २२ वर्ष पनि नपुगेकी एक यवतीले नगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा फराकिलो मतअन्तरले निर्वाचित भएर अहिले चर्चामा छन ।

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् ।

नेपाली कांग्रेसबाट चुनाव लडेकी उनी निकतम प्रतिद्वन्दीलाई ९१९ मतले पछि पार्दै उपमेयरमा निर्वाचित हुन सफल भएकी हुन् । उनले ४५६९मत ल्याउँदा निकटतम एमालेकी कालिदेवि थरुनीले ३६५० मत ल्याइन् ।

जितेपछि खुशीले रमाउँदै नाराबाजी गरेका कार्यकर्ताहरुको बीचमा रहेकी उनले जितेपछि निकै खुशी लागेको बताइन् । ‘मलाई पहिलादेखि नै राजनीतिमा चासो थियो, उपमेयरमा लड्ने प्रस्ताव आयो मैले सहजै स्वीकार गरे । ’ उनले भनिन परिणाम पनि आफ्नै पक्षमा आउँदा निकै खुशी लागेको छ ।’ राजनीतिक पारिवारिक पृष्ठभूमि भएकोले उनलाई फाइदा मिलेको स्थानीय गिरिराज कँडेलले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!