३८ औं सामाजिक सेवा दिवस सम्पन्न

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यत्यमा शान्ति र सम्बृद्धि सबैको चाहना समाज सेवामा निस्वार्थ भावना भन्ने नाराका साथ ३८ औं सामाजिक सेवा दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

राष्ट्रपति भण्डारीले उक्त अवसरमा समाज सेवीहरुलाई निस्वार्थ रुपमा समाज सेवाको कार्यमा लाग्न, गैरसरकारी संस्थाहरुले आफ्नो कार्यलाई जिवन्त, परिणाममुखी र पारदर्शी बनाउनु पर्ने कुरामा जोडदिदै समाज कल्याण परिषद्ले सरकारसँग सहकार्य गरी प्रभावकारी नियमन र मूल्यांकनको कार्य गर्नुपर्ने आवश्यकता औल्याएकी थिइन ।

उक्त समारोहमा तुलसी मेयर समाज सेवा पूरस्कार २०७४ बाट ए. बी. सी. नेपाल स्थालाई पुरस्कृत गरी सोका अध्यक्ष श्री दुर्गा घिमिरेलाई रु एकलाख नगद र प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त संस्थालाई विगत लामो समयदेखि मानव वेचविखन बिरुद्ध उल्लेखिनिय कार्य गरी सामाजिक रुपान्तरणको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वापत पुरस्कृत तथा सम्मानित गरिएको हो ।

त्यसैगरी, राष्ट्रपतिद्वारा समाज सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने समाजसेवीहरु मध्ये सातजनालाई २०७४ सालको समाज सेवा पुरस्कारबाट पुरस्कृत गरियो । पुरस्कृत हुनेहरुमा महिला अधिकार तथा सामाजिक रुपान्तरणका लागि शान्त श्रेष्ठ काठमाडौं, अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण र अधिकारका लागि संगिता पन्त गोरखा, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि हारुङ खान सुनसरी, सामाजिक मेलमिलाप सुधार र सामाजिक कुरुती विरुद्ध को अभियानका लागि होमनाथ अधिकारी तनहुँ, सामाजिक, धार्मिक जातिय सद्भाव र सामुदायिक चेतना बृद्धिका लागि नजरुन हुसेन पलाही सुनसरी, औपचारिक शिक्षा, विपन्न समुदायिक महिलाको शसक्तीकरणका लागि कोपिला खतिवडा ओखलढुङ्गा र सामाजिक तथा सास्कृतिक रुपान्तरणका लागि विद्याप्रसाद शाह धनुषालाई नगद रु २१ हजार र सम्मानपत्रबाट पुरस्कृत र सम्मानित गरिएको थियो ।

त्यसैगरी नेपालको शिक्षा क्षेत्रकमा उल्लेखिनिय योगदान पु¥याएवापत श्री हेलेन शेर्पा World Education Inc लाई र नेपालको शिक्षाको पूर्वाधार निर्माणमा उल्लेखिनिय योगदान पु¥याए बापत कोरियन नागरिक श्री ओम हङ्गगिल, Om Hong Gil Human Foundation Korea लाई प्रशंसापत्र सम्मानित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!