सिरहाको धनगडीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

सिरहा, असोज ६ । सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी बनेको छ ।

प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारहरुले जीत हासिल गरेका हुन् । प्रमुख पदका उम्मेदवार हरिनारायाण चौधरीले ५६८३ मत ल्याए विजय बनेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख उम्मेदवार शिवशंकर महतो ४४२९ मत ल्याएका छन् ।

त्यसतै उपप्रमुख फूलकुमारी श्रेष्ठले ५६१३ मत ल्याएर विजयी बनेकी छिन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका उपमेयर उम्मेदवार निर्मला बास्तोलाले ४५२७ मत ल्याएका हुन् ।

यो संगै नेकपा माओवादीले सिरहामा कर्जन्हा, मिर्चैया नगरपालिका र अर्नमा, औरही गाउपालिका गरी ५ वटा स्थानीय तह जितेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!