रामेछापमा बस दुर्घटना, ३ को मृत्यु

रामेछाप, असोज ६ । रामेछापमा आज भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ । रामेछाप नगरपालिकाको वितिटारमा हिमाल तराई यातायात समितिको सो यात्रुबाहक बस रामेछाप च्यास्कुबाट काठमाडौंतर्फ आउँदै थियो । तीव्र गतिमा रहेको सो बस वितिटारको मोडबाट झण्डै ३० मिटर तल खसेको छ ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतकहरुमा रामेछाप नगरपालिका ८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका ६ की उमा खड्का र बालकुमारी वस्नेत रहेका छन ।

दुर्घटनामा परी घाइते भएकाहरुको मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!