कांग्रेस एमाले छोडेर ३ दर्जन नेता कार्यक्रता माअाेवादीमा प्रवेश

कञ्चनपुर, असोज ६ ।  कञ्चनपुरका  अन्य दलका ३ दर्जन नेता/कार्याक्रता माअाेवादीमा प्रवेश गरेका छन् ।अाैपचारिक कार्याक्रमकाबीच माओवादी नेतृ बीना मगरले माअाेवादीमा प्रवेश गराएकी हुन् ।

माअाेवादीमा प्रवेश गर्नेहरुकाे सूची हेराैँ ….

प्रदेश र केन्द्रको निर्वाचन आउन अझै तीन महिना बाँकी छ । तर माओवादी नेतृ बीना मगर भने युद्धस्तरमा फिल्डमा खटिएको छिन ।

संविधान सभाको दोस्रो निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी बीना झिनो मतले पराजित भएकी थिईन । तर उनले त्यसपछि झनै सक्रियता बढाईन स्थानीय संगठन निर्माण गर्न । बेलौरी पुर्नवास,लालझाडी क्षेत्रका जनताका समस्या र विकास निमार्णमा उनले मुख्य ध्यान दिइन ।

पुल, तटबन्ध, बाटो, बिद्यालय लगायतका विकास निमार्णका कतिपय योजनाका लागि आफुले पहल गरेको उनले बताईन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!