एका बिहानै प्रचण्ड मकवानपुरका पत्रकारहरुस‌ँग (भिडियाे)

पत्रकार भेटघाट -हेटौंडा स्थित माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलय

تم نشره بواسطة ‏‎Prakash Dahal / प्रकाश दाहाल‎‏ في 21 سبتمبر، 2017

मकवानपुर, असोज ६ । एका बिहानै प्रचण्डले मकवानपुरका पत्रकारहरुस‌ँग भेटघाट गरेका छन् ।

उनले याे बर्ष निर्वाचन बर्ष भएकाे बताए । सबै तहकाे निर्वाचन गराउन माअाेवादी सरकारले अाधार तयार पारेकाे उनकाे भनार्इ छ । अब बाँकी निर्वाचन हुन्छ भन्ने शन्देश गएकाे उनले बताए ।

पत्रकार भेटघाट -हेटौंडा स्थित माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलय

تم نشره بواسطة ‏‎Prakash Dahal / प्रकाश दाहाल‎‏ في 21 سبتمبر، 2017

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढेको बताएका थिए । उनले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने बताए ।

अध्यक्ष दाहालले अब मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ लैजानुपर्नेमा जोड दिए ।

शान्ति र क्रान्तिमा माओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले देश बनाउने जिम्मेवारी पनि माओवादीकै रहेको जिकिर गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले देशमा दुई अतिवादीका कारण राजनीतिक निकास निस्कन नसकेको आरोप लगाए । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले देशमा ‘मन्डले राष्ट्रवाद’ छाएको भन्दै मधेसी समुदाय सचेत बन्नुपर्ने बताए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!