अाज बिहानकाे नतिजा: महोत्तरीको गौशाला नगरपालिकामा माओवादी विजयी

महोत्तरी, असोज ६ । महोत्तरी जिल्लामा रहेको गौशाला नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

शुक्रबार घोषित स्थानीय तह चुनावको मत परिणाम अनुसार गौशला नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका शिवनाथ महतो र उपमेयरमा माओवादीकै आशा लामा विजयी भए । शिवनाथले आफ्ना निकटम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामकुमारी देवी महतोलाई पराजित गरे ।

यस्तै आशा लामाले संघीय समाजवादी फोरमका उम्मेदवार डा. रमेश यादवलाई पराजित गरे ।

मेयरमा विजयी शिवनाथले मेयरमा ५९४४ तथा उपमेयरमा विजयी आशा लामाले ५९७० मत प्राप्त गरे । त्यस्तै प्रतिस्पर्धी मेयर उम्मेदवार रामकुमारीले ५००० र उपमेयर उम्मेदवार रमेशले ४६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गौशाला महोत्तरीले जनाएको छ ।

गौशाला नगरपालिकाको ६ वटा वडामा नेकपा माओवादी, ५ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा संघीय समाजवादी फोरम नेपाल पुरै प्यानलसहित विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!