चुनाव हारेपछि एमाले उम्मेदवारद्वारा आत्महत्त्या

सिरहा । २ नम्बर प्रदेशमा असोज २ गचे भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या गरेका हुन् ।
प्रहरी प्रमुख एसपी शेखर कोइरालाले खबरडबलीलाई दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले बिहिवार (आज) आत्महत्या गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!