२६ स्थानको मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र दोस्रो स्थानमा

काठमाडौ, असोज ५ । दुई नम्बर प्रदेश अन्तर्गत गत सोमबार भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रम निके ढिला भएपनि अहिलेसम्म २६ तहको परिणाम आइसकेको छ ।
अहिलेसम्मको तथ्यांक हेर्दा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रले पच्छयाइरहेको छ ।

सार्वजनिक तथ्यांक अनुसार नेपाली कांग्रेसले ७ स्थानमा जितेको छ भने नेकपा माओवादीले ५ स्थानमा जितेको छ । त्यस्तै नेकपा एमालेले ४ स्थानमा विजय प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ४ स्थानमा विजय प्राप्त गरेको छ भने फोरमले ४ स्थानमा जित हासिल गरेको छ भने फोरम लोक्तान्त्रिकले २ स्थानमा जितेको निर्वाचन अायाेगले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!