बाराको करैयामाईमा कांग्रेस विजयी

काठमाडौं, असोज ५ । बाराको करैयामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदका लागि नेपाली कांग्रेसले बाजी मारेको छ । नेपाली कांग्रेसका भुनेश्वर धामीले ३ हजार ३ सय २९ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका शम्भुप्रसाद यादवले ३ हजार १ सय ५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, करैयामाईको उपप्रमुखमा कांग्रेसकी चित्रलेखा चौधरीले ३ हजार ३ सय ७२ मत प्राप्त गरी विजयी बनेकी छिन् । उनकी प्रतिष्पर्धी फोरमका लालादेवी पडितले २ हजार ८ सय १ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!