प्रदेश नम्बर २ मा पहिलो महिला मेयर रिना

काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् ।

साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् ।

निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछि पार्दै साह विजयी भएकी हुन् ।

साहले ३९३३ मत प्राप्त गरी मौलापुर नगरपालिकाको मेयर पदमा विजय प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत मात्र प्राप्त गरेका हुन् ।

त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले विजय प्राप्त गरेका छन् । जयसवालले ३८९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत मात्र प्राप्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!