जलेश्वर नगरपालिका–१० मा राप्रपा विजयी

गौशाला, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ ।

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।

जलेश्वर–२ मा स्वतन्त्र उम्मेदवार विजयी

यसैगरी जलेश्वर नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ ।

स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!