दशैका लागि राजधानी ल्याउँदै मरेका खसी मन्त्रीले फेला पारेपछि …

काठमाडौं, असोज ५ । नजिकिँदो चाडपर्वसँगै राजधानीमा भित्रिने पशुपन्छीको माग तथा आयात पनि अत्याधिक बढ्दो छ । सो क्रममा आयातको अवस्था अध्ययन गर्न निस्किएका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो । डिक्कीमा अन्य १३ वटा जिउँदो खसी बोका पनि रहेका थिए ।

ति खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने अनुमान गरिएको छ ।

दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएका बेला मरेका खसी बरामद भएको हो । यसरी मेरका खसीलाई मासु पसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!